अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपराष्ट्रपति यादवद्वारा भूकम्पपीडिलाई एक महिनाको पारिश्रमिक सहयोग

उपराष्ट्रपति यादवद्वारा भूकम्पपीडिलाई एक महिनाको पारिश्रमिक सहयोग


काठमाडौंउपराष्ट्रपति रामसहाय प्रसाद यादवले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि एक महिनाको पारिश्रमिक दिने घोषणा गर्नुभएको छ।

उपपराष्ट्रपति यादवले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको हो।

उपराष्ट्रपति यादवका स्वकीय प्रेस संयोजक दिनेश यादवका अनुसार उहाँको स्वकीय सचिवालयमा कार्यरत विज्ञ (सल्लाहकार) हरुबाट १५ दिन, प्रमुख स्वकीय सचिव र सहायक स्वकीय सचिव वा सो सरहका कर्मचारीहबाट सात दिन, स्वकीय उपसचिव र अधिकृत वा सो सरहका कर्मचारीबाट पाँच दिन र राजपत्र अनङ्कित वा सो सरहको कर्मचारीबाट तीन दिनका पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको छ। 

Skip This