अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टिकटकको विकल्पमा नेपाली भिडिओ शेयरिङ एप ‘रमाइलो’ सार्वजनिक

टिकटकको विकल्पमा नेपाली भिडिओ शेयरिङ एप ‘रमाइलो’ सार्वजनिक


काठमाडौं-

काठमाडौं-टिकटकको विकल्पमा ‘रमाइलो’ नेपाली एप सार्वजनिक गरिएको छ। आइडिया जार डिजिटल कम्पनीले मङ्गलवारदेखि याे एप सञ्चालनमा ल्याएको हो।

गुगल प्ले स्टोरबाट रमाइलो एप डाउनलोडगरी प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार नेपाली विकासकर्ताहरूद्वारा नेपाली समुदायका लागि तयार पारिएको छोटो भिडियो सेयरिङ एप हो। 

रमाइलो एपमा भिडिओ हेर्ने तथा अपलोड गर्ने, भिडिओ एक्सप्लोर गर्ने, लाइक, कमेन्ट र शेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा रहेकाे कम्पनीले जनाएकाे छ। कन्टेन्ट क्रियटरलाई पनि केही समयपछि कन्टेन्ट र लोकप्रियता अनुसार निश्चित रकम दिने कम्पनीको योजना छ। 

सरकारले टिकटक, फेसबुकजस्ता सामाजिक सञ्जाललाई नियमनको दायरामा ल्याउन कठिन भएको बताइरहेको समयमा नेपालकै कम्पनीले यस्तो एप विकास गर्दा नियमनमा पनि सहज हुने कम्पनीको विश्वास छ ।


सरकारले टिकटक, फेसबुकजस्ता सामाजिक सञ्जाललाई नियमनको दायरामा ल्याउन कठिन भएको बताइरहेको समयमा नेपालकै कम्पनीले यस्तो एप विकास गर्दा नियमनमा पनि सहज हुने कम्पनीको विश्वास छ ।

सामाजिक सद्भावमा असर पुर्‍याउने सामग्री लगायतका गलत नियतका सामग्री प्रयोगकर्ताले अपलोड गरेमा एपको ‘कम्युनिटी गाइडलाइन्स’ अन्तर्गत भिडिओ हटाउने, अकाउन्ट सस्पेन्ड गर्नेदेखि सधैको लागि अकाउन्ट बन्द गरिदिने कम्पनीले बताएको छ ।

यस एपमा १३ वर्ष उमेरभन्दा माथिका नागरिकले पहुँच पाउनेछन् । 

यो एप हाल गुगल प्ले स्टोरमा उपलब्ध छ भने केही दिनमै आईफोन प्रयोगकर्ताहरूले एप स्टोर उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ। एन्ड्रोइड प्रयोगकर्ताले यहाँ क्लिक गरी रमाइलो एप इन्स्टल गर्न सक्नेछन्।