अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बल्खु र तीनकुनेमा जामर भेहिकलको प्रयोग, मोबाइल नेटवर्क विच्छेद

बल्खु र तीनकुनेमा जामर भेहिकलको प्रयोग, मोबाइल नेटवर्क विच्छेद


काठमाडौंको उपत्यका प्रहरी कार्यालयले तीनकुने र बल्खुमा जामर भेहिकल प्रयोग गरिएको छ। 

 बल्खुमा दुर्गा प्रसाईं र युवा संघबीच झडप भएपछि अहिले त्यहा प्रहरीले जामर भेहिकल सञ्चालन गरेको हो। 

उता, तीनकुनेमा पनि जामर भेहिकलको प्रयोग गरिएको छ। मोबाइल नेटवर्क सम्पर्क विच्छेद गराउन सो प्रविधि चलाइन्छ। 

मोबाइल नेटवर्क सम्पर्क विच्छेद गराउन सो प्रविधि चलाउने गरिन्छ। जामर प्रविधिले मोबाइल नेटवर्क निष्क्रिय बनाउनुका साथै सम्पर्क विच्छेद गराउँछ।

यो प्रविधि प्रयोग गरेसँगै अहिले त्यहाँ मोबाइल नेटवर्क देखाएको छैन।