काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठनबन्धन सरकार कुनै पनि बेला आफैँ ढल्न सक्ने दाबी गर्नुभएको छ।
समृद्धिका लागि संकल्प यात्राअन्तर्गत डडेलधुरामा आज आयोजित सन्देशसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड नेतृत्वको सरकार गठबन्धनको छेस्काले अड्याएको भएर कुनै पनि बेला आफैं ढल्न सक्ने बताउनु भएको हाे।
अध्यक्ष ओलीले भन्नुभयो, ‘यो सरकार आफैं ढल्न पनि सक्छ कुनै समय। यो गठबन्धनको छेस्का अड्याएको सरकार हो। गठबन्धन सरकारको कुनै सिद्धान्त, नीति, योजना र कार्यक्रम छैन।’
नेपाली जनताका बीचमा द्वन्द्व मच्याउन खोज्नेहरुले सक्रिय भएर आतंककारी गतिविधि गरिरहेको अध्यक्ष ओलीले बताउनु भयो।


प्रतिक्रिया