काठमाडौँ–निर्वाचन आयोगले माघ ११ हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आग्रह गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै मंसिर २४ देखि २९ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल दर्ता गर्न सकिने जनाएको हो ।
राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोग कान्तिपथ काठमाडौँमा दल दर्ताका लागि निवेदन दिन आयोगले आग्रह गरेको छ ।
संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले राजनीतिक दल दर्ता गर्नुपर्ने आयोगले जनाएको छ ।





प्रतिक्रिया