अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ग्लोबल आईएमई बैंकको ‘भिजा स्क्यान टु पे’ बाट कार्डको प्रयोग बिनै पेमेन्ट गर्न सकिने

ग्लोबल आईएमई बैंकको ‘भिजा स्क्यान टु पे’ बाट कार्डको प्रयोग बिनै पेमेन्ट गर्न सकिने


काठमाडौं-ग्लोबल आईएमई बैंकले ‘भिजा स्क्यान टु पे’ भुक्तानी प्रणालीको सुरुवात गरेको छ।

सोमवार काठमाडौंमा एक कार्यक्रमबीच ग्लोेबल आईएमई बैंकले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनको स्विचिङ सुविधा र ‘भिजा स्क्यान टु पे’ भुक्तानी प्रणालीको शुभारम्भ गरेको हो।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, नेप्सका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बा र स्विफ्ट टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निरज ढुङ्गानाले क्युआर स्क्यान गरी प्रथम कारोबारसहित उक्त सेवाको संयुक्तरुपमा शुभारम्भ गर्नुभयो।

उक्त प्रविधिमार्फत बैंकका भिजा कार्डवाहक ग्राहकहरूले अब फिजिकल कार्डको प्रयोग बिना नै ग्लोबल आईएमई बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लसमार्फत कुनैपनि पेमेन्ट गर्न सक्नेछन्। भिजा स्क्यान टु पे एउटा कार्ड-देखि–व्यापारी भुक्तानी सेवा हो। जहाँ कार्ड स्वाइप नगरी आफ्नो स्मार्टफोन प्रयोग गरेर भुक्तानी गर्न सकिन्छ।

कार्यक्रममा बोल्दै ग्लोबल आईएमई बैंकका लेनदेन बैंकिङ बिक्री र व्यापारका प्रमुख प्रकाश पौडेलले यो प्रविधि डिजिटल प्रविधिको विकासमा कोशेढुङ्गा सावित हुने बताउनु भयो। उहाँले प्रविधिको विकासका साथसाथै यसको प्रयोग पनि बढ्दै जाने आशा व्यक्त गर्नुभयो।

अब ग्लोबल आईएमई बैंकका भिजा कार्डवाहक ग्राहकहरुले फिजिकल कार्डको प्रयोग बिना नै ग्लोबल आईएमई बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लसमार्फत कुनैपनि पेमेन्ट गर्न सक्नेछन्।

Skip This