काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त सर्वोच्च अदालतका न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश श्रेष्ठले नवनियुक्ति न्यायाधीशहरु सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो। राष्ट्रपति पौडेलले बुधबार उहाँहरुलाई न्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो।
संसदीय सुनुवाइ समितिको बैठकले बुधबार सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम अनुमोदन गरेको थियो। उहाँहरुको गत मङिसर २९ तथा यही पुस १ र २ गते संसदीय सुनुवाइ भएको थियो। न्याय परिषद्को गत मङ्सिर ५ गते बसेको बैठकले सर्वोच्च अदालतका लागि रिक्त ६ न्यायाधीशका लागि उहाँहरुको नाम सिफारिस गरेको थियो।






प्रतिक्रिया