अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी हुन् आजको मन्त्रिपरिषद् बैठकका निर्णय

यी हुन् आजको मन्त्रिपरिषद् बैठकका निर्णय


काठमाडौं-सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गरेको छ। कार्कीलाई उक्त जिम्मेवारीमा खटाउने निर्णयसँगै सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई नयाँ आईजीपीमा बढुवा गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आईजीपीस्तरको प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गर्ने निर्णय गरेको हो।

सरकारका अनुसार वर्तमान परिस्थितिमा मुलुकको शान्ति सुरक्षा थप सुदृढ बनाउन प्रधानमन्त्रीलाई सुरक्षासम्बन्धी आवश्यक सल्लाह, सुझाव तथा परामर्श उपलब्ध गराउने उद्देश्यले उक्त पद सिर्जना गरिएको हो।

मन्त्रिपरिषद्को निर्णयअनुसार कार्कीलाई विशेष सुरक्षा सल्लाहकारमा खटाएपछि रिक्त हुने प्रहरी महानिरीक्षक पदमा एआईजी डा. केसीलाई बढुवा गरिएको हो।

प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम केसीलाई कात्तिक १८ गतेदेखि लागू हुने गरी प्रहरी महानिरीक्षकमा बढुवा गरिएको सरकारले जनाएको छ।