काठमाडौं-सरकारले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धि निर्देशिका २०८० स्वीकृत गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका २०८० स्वीकृत गरेको सरकारका प्रवक्ता रेखा शर्माले बैठकपछि जानकारी दिनुभयो । उक्त प्रस्ताव मन्त्रिपरिषद्को सामाजिक समितिबाट पेस भएको थियो ।
त्यस्तै राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ दफा २ को खण्ड ख, को प्रयोजनको लागि राष्ट्रिय जनगणना २०७८ को कुल जनसंख्याको ०.५ प्रतिशत भन्दा कम जनसङ्ख्या रहेका अल्पसंख्यक जातजाति (दलित बाहेक) लाई अल्पसंख्यकका रूपमा तोक्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।
यस्तै, अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति २०७९ र राष्ट्रिय बालबालिका नीति २०७९ स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।






प्रतिक्रिया