काठमाडौं-माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष कोइराला दोस्रो कार्यकालका लागि पुनः नियुक्त हुनुभएको छ।
विहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सन्तोष कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरेको हो ।
साढे २ दशक भन्दा लामो अनुभव संगालेका कोइरालाले आफ्नो करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिन्छन् ।
कोइरालाको पहिलो कार्यकालमा माछापुच्छ्रे बैंकले वित्तीय सूचकांकमा उल्लेख्य सुधार गरेको छ। साथै बैंकले डिजिटल प्रविधिमा फड्को मार्नुका साथै संस्थागत सुशासनमा अब्बल साबित हुन सफल भएको छ।
हाल माछापुच्छ्रे बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड रुपैयाँ छ। बैंकले देशभर १६५ वटा शाखा सञ्जाल विस्तार गरी सेवा प्रदान गर्दै आएको छ।






प्रतिक्रिया