अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सांसद कोइरीको निलम्बन फुकुवा

एमाले सांसद कोइरीको निलम्बन फुकुवा


काठमाडौं-नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ।

सभामुख देवराज घिमिरेले महोत्तरी क्षेत्र-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कोइरीको निलम्बन आइतबार फुकुवा गरेका हुन्।

संसद् सचिवालयका कार्यबाहक महासविच पद्मप्रसाद पाण्डेयले आइतबार सूचना जारी गर्दै सांसद कोइरीको निलम्बन फुकुवा भएको जानकारी दिनुभयो ।

निलम्बन फुकुवा भएपछि अब कोइरीले संसद्‍मा उपस्थित हुन पाउनुहुनेछ। यसका साथै अब उहाँले संसदीय समितिहरूका बैठकमा पनि भाग लिने बाटो खुलेको छ।

सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेपछि कोइरीलाई संसद् सचिवालयले २०८० वैशाख १९ गतेदेखि निलम्बन गरेको थियो। 

Skip This