अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माछापुच्छ्रे बैंकले विद्यार्थीलाई दियो व्यवसायिक सीपमुलक तालिम

माछापुच्छ्रे बैंकले विद्यार्थीलाई दियो व्यवसायिक सीपमुलक तालिम


काठमाडौं-माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिराहा जिल्लाको कर्जनहा स्थित श्री जनसेवा माध्यमिक (प्राविधिक) विद्यालयमा एकहप्ते व्यवसायिक सिपमुलक तालिम कार्यक्रमको आयोजना गरेको छ।

माध्यमिक तहका विद्यार्थीहरुमा व्यवसायिक र प्राविधिक ज्ञान एवम् सिपको विकास गर्ने उद्देश्यले बैंकले ‘इन्जिनियर्स विदाउट बोडर्स’ नामक संस्थासँगको सहकार्यमा व्यवसायिक सिपमुलक तालिम आयोजना गरेको हो।

बैंकले एक सातासम्म स्कुल प्राङ्गणमा तालिम कार्यक्रम सञ्चालन गरि पुस ८ मा उक्त कार्यक्रम समापनको गरेको थियो।

समापन कार्यक्रममा बोल्दै नेपाल सरकार वन तथा वातावरण मन्त्री एवम् बैंकका पूर्वअध्यक्ष डा. वीरेन्द्र प्रसाद महतोले विद्यालयस्तर देखि नै विद्यार्थीमा व्यवसायिक ज्ञान प्रदान गर्न सकेको खण्डमा भविष्यमा विद्यार्थीहरुले आफ्नो इच्छा लागेको क्षेत्रमा काम गर्न सहज हुने हुँदा यस्ता कार्यक्रमले विद्यार्थीको दक्षता वृद्धि गर्न सहयोग गर्ने बताउनु भयो।

कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी गराउँदै आगामी दिनमा पनि बैंकले शिक्षा, स्वास्थ्य, दिगो विकास लगायतका क्षेत्रमा स्थानिय निकायहरु संग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो ।

एकसातासम्म सञ्चालन भएको उक्त सीपमुलक तालिम कार्यक्रममा गोवर ग्यासबाट वायो ग्यास निकाल्ने, पानी फिल्टर गर्ने लगायतका प्राविधिक तालिम तथा ऊनबाट बनेका विभिन्न सजावटका सामानहरु बनाउने तालिम प्रदान गरिएको थियो।

Skip This