काठमाडौँ- क्रिश्चियन धर्म नमान्नेलाई जेल हाल्ने धम्की दिएका पर्यटनमन्त्री सुदन किराँतीको बर्खास्तीको माग गर्दै संसद भवन घेराउ गरिएको छ।
सनातन धर्मावलम्बी नेपालीको आयोजनामा मन्त्री किरातीविरुद्ध सोमबार काठमाडौँमा प्रदर्शन गरिएको हो । सनातन संस्कृतिको खुलेआम विरोध गरी प्रचार गरेको भन्दै किरातीलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने उनीहरूले माग गरेका हुन्।
मन्त्री किरातीको राजीनामाको माग गर्दै उनीहरूले संसद् भवन घेराउ भन्दै विरोध प्रदर्शन गरेका छन् । उनीहरू विभिन्न ब्यानर र प्याम्लेट लिएर गौशालाबाट बानेश्वरसम्म विरोध र्याली गरेका थिए । केही दिन अघि एक कार्यक्रममा दिएको अभिव्यक्तिपछि मन्त्री किराती विवादमा तानिएका छन् ।






प्रतिक्रिया