अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुशासनको पक्षमा पत्रकारले कलम चलाउनुपर्छ: उपसभामुख रानामगर

सुशासनको पक्षमा पत्रकारले कलम चलाउनुपर्छ: उपसभामुख रानामगर


झापा-प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले पत्रकारले सुशासनका पक्षमा कलम चलाउनुपर्नेमा जोड दिनुभएको छ।

नेपाल पत्रकार महासङ्घ झापाको ३५औँ स्थापना दिवसका अवसरमा आज आयोजित संस्थापकलाई सम्मान तथा पत्रकार सहारा उपचार कोषमा रकम हस्तान्तरण कार्यक्रममा उहाँले मुलुकको समृद्धिका लागि पत्रकारले भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा कलम चलाउनुपर्ने बताउनुभयो।

विकसित मुलुकमा भ्रष्टाचार न्यून हुनुमा पत्रकारहरुले खेलेको भूमिका महत्त्वपूर्ण हुने उपसभामुख रानामगरको भनाइ थियो। 'हरेक क्षेत्रमा सुशासन कायम गर्न आँट र विश्वासका साथ पत्रकारहरुलाई अघि बढ्न म आग्रह गर्दछु', उहाँले भन्नुभयो, 'लोकतन्त्र आउनुमा पत्रकारको भूमिका महत्त्वपूर्ण छ।' उहाँले कानुन मात्र बनाएर सुशासन नआउने भन्दै सोको कार्यान्वयनको पक्ष मजबुद हुनुपर्ने उल्लेख गर्नुभयो। 

कार्यक्रममा संस्थापक सचिव तारा बराल, सदस्य गोविन्दचन्द क्षेत्री र मोहन ढुङ्गानालाई सम्मान गरिएको थियो। उहाँहरुलाई प्रमुख अतिथि रानामगरले सम्मानपत्र प्रदान गर्नुभयो। कार्यक्रममा विभिन्न दाताले पत्रकार सहारा उपचार कोषका लागि रू.१० लाख सहयोग प्रदान गर्नुभएको छ।

कार्यक्रममा सम्मानित एवं संस्थापक सचिव बराल र कोषमा सहयोगकर्ता विनोद बस्नेतले शुभकामना मन्तव्य राख्नुभएको थियो। महासङ्घ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष सुशीला सङ्ग्रौला, औचित्यमाथि प्रकाश उपाध्यक्ष केशव भट्टराई र सञ्चालन सचिव डिकेश लामाले गर्नुभएको थियो।

Skip This