अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विराटनगरमा उद्यमीका लागि एनएमबी बैंकको डिजिटल वित्तीय साक्षरता

विराटनगरमा उद्यमीका लागि एनएमबी बैंकको डिजिटल वित्तीय साक्षरता


काठमाडौँ-एनएमबी बैंकले अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (युएसएआइडी) सँगको सहकार्यमा विराटनगरमा डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ।

लघु, साना तथा मझौला उद्यम वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ।

कार्यक्रममा उद्यमीहरूलाई डिजिटल भुक्तानी प्रणालीको भूमिका र व्यवसायमा त्यसको प्रयोगबारे जानकारी दिइएको थियो। यसका साथै डिजिटल भुक्तानीलाई दिगो बनाइराख्न उपलब्ध विभिन्न सेवा र मार्केटिङ प्रविधिबारे पनि जानकारी दिइएको थियो।

उक्त कार्यक्रममा विभिन्न उद्योगबाट ११० भन्दा बढी सहभागी छलफलमा सहभागी थिए।

Skip This