अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फेसबुकबाटै खोजे मन्त्रालयको लागि मन्त्री पुनले ‘योग्य सचिव’

फेसबुकबाटै खोजे मन्त्रालयको लागि मन्त्री पुनले ‘योग्य सचिव’


काठमाडौं-विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री डा. महावीर पुनले सामाजिक सञ्जाल फेसबुकबाटै योग्य सचिवको खोजी सुरु गरेका छन्।

आफ्नै योजनामा सरकारले मन्त्रालय स्थापना गरेर मन्त्रालयको जिम्मेवारीसमेत दिएपछि मन्त्रालयलाई गति दिने योजनाका साथ मन्त्री पुनले सचिवको खोजी सुरु गरेका हुन्। सुरुवातीबाटै मन्त्रालयको तयारी गर्नु परेको, कर्मचारी अभाव भएको लगायतका समस्या भोगिरहनुभएका मन्त्री पुनले पहिलो चरणमा मन्त्रालय सम्हाल्ने सचिवकै खाँचो परेको भन्दै खोजी सुरु गरेकाे हाे ।

मन्त्री पुनले सामाजिक सञ्जालमा लेख्दै मन्त्रालयका लागि योग्य सचिव चाहिएको उल्लेख गरेका छन्। मन्त्री पुनले भनेका छन्, ‘विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको सचिवज्यूको कार्यकाल सकिएर असार १७ गते बुधबारदेखि अवकाश लिँदै हुनुहुन्छ।’

मन्त्री पुनले मन्त्रालयलाई विज्ञान प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा काम गरेको एकदमै अनुभवी, कर्मठ र कार्य सम्पादन गर्नसक्ने सचिव चाहिएको बताएका छन् । उनले विभिन्न माध्यमबाट योग्य सचिवको खोजी भइरहेको बताउँदै सबैसँग सहयोगको अपेक्षा गरेका छन्।

Skip This