अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केही कम्युनिष्ट नेताहरू आफ्नै घर डढाएर खरानीको टीका लगाएर हिंडे: उपमहासचिव गुरुङ

केही कम्युनिष्ट नेताहरू आफ्नै घर डढाएर खरानीको टीका लगाएर हिंडे: उपमहासचिव गुरुङ


तनहुँ-नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कम्युनिष्ट पार्टी विभाजित हुँदा देश र जनतालाई नै हानी हुने बताउनुभएको छ।

एमाले शुक्लागण्डकी नगर कमिटी तनहुँले आइतबार बेलचौतारामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले नेकपा विभाजित हुँदा केपी ओली वा माधव नेपालले केही नपाएको बरु देशले राजनीतिक स्थिरता र समृद्धिको बाटो गुमाएको बतउनु भयो। ‘ल एमालेले त पाएन पाएन, केपी ओलीले त पाएनन् पाएनन्, माधव नेपालले के पाए ? जनताले के पाए ? देशले के पायो ? सधैँ यस्तो हर्कत किन गर्छन् नेपालका नेताहरू’, उनले भने ।

दुःख गरेर बनाएको पार्टी नेताहरूको झगडाले फुट्नु दुर्भाग्यपूर्ण भएको उहाँले बताउनु भयो। नेताहरूको गँगटे लडाईंका कारण नेपालका कम्युनिष्ट पार्टी अघि बढ्न नसकेको उहाँकाे भनाइ छ। ‘कार्यकर्ताले विवेक प्रयोग गर्नुपर्छ, गँगटे लडाई लड्ने नेतालाई सबक सिकाइ दिनुपर्छ’, गुरुङले भन्नुभयो। एमालेका धेरै नेताहरू आफ्नो घर डढाएर खरानीको टीका लगाएर हिँडेको उहाँले तर्क गर्नुभयो । ‘आफ्नै घर डढायो, खरानीको टीका लगायो हिँड्यो, अरूलाई त धोका दिए दिए आफैलाई पनि धोका दिए, सारा श्रमजीवी जनतालाई दुःख दिए’, गुरुङले भन्नुभयो ।

जनताले नचाहँदा नचाहँदै नेताहरूका कारण पार्टी फुट्ने गरेको गुरुङको भनाइ छ। आफ्नो पार्टी ठूलो बनाउन लाग्नुपर्ने बताउँदै उहाँले शक्ति नपुग्दा मात्र भाइ–भाइ मिल्नुपर्ने टिप्पणी गर्नुभयो । प्रचण्ड र माधव नेपालले सानो चित्त गर्दा नेकपा विभाजित भएको गुरुङको भनाइ छ। ‘माओवादीको बुद्धि पुगेन, माधव नेपालको बुद्धि पुगेन, सानो रहेछ दिमाग, नेता ठूलो भएर के गर्नु दिमाग त यत्रो रहेछ’, उहाँले भन्नुभयो । एमालेले विचार र सिद्धान्त छाडेर नभएर केपी ओलीसँग रिस उठेर माधव नेपालले पार्टी छाडेको गुरुङको भनाइ थियो । व्यक्ति विशेषसँग रिस उठ्दैमा पार्टी छाड्ने नेताको विचार र आदर्श कस्तो होला भन्दै उहाँजे प्रश्न गर्नुभयो।

Skip This