अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शहीद दिवश

शहीदको प्रेरणालाई नभुलौं : अध्यक्ष ओली

शहीदको प्रेरणालाई नभुलौं : अध्यक्ष ओली


काठमाडौं – आज माघ १६ शहीद सप्ताहको अन्तिम दिन अर्थात् शहीद दिवस ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमर शहीदहरूप्रति सम्मान प्रकट गर्नुभएको छ ।
अध्यक्ष ओलीले सामाजिक सञ्चालमार्फत युगलाई जहानियाँ राणा शासनको अध्यारोबाट प्रजातन्त्रको उज्यालो दिन जीवन अर्पण गर्नुभएका अमर शहीदहरू गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीप्रति सम्मान प्रकट गर्नुभएको छ ।
अध्यक्ष ओलीले आफ्नो फेसबुकमार्फत शहीद दिवसको प्रेरणा नभुलौं भन्नुहुँदै सबैलाई शुभकामना दिनुभएको छ ।
अध्यक्ष ओलीले लेख्नुभएको छः
युगलाई जहानियाँ राणा शासनको अँध्यारोबाट प्रजातन्त्रको उज्यालो दिन जीवन अर्पण गर्नु भएका अमर शहीद गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्रीलाई नमन । शहीद दिवसको प्रेरणा नभुलौं, सबैलाई शुभकामना ।