अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाँदर नियन्त्रणका लागि रुख काट्ने वडाको अभियान, महानगरको रोक  

बाँदर नियन्त्रणका लागि रुख काट्ने वडाको अभियान, महानगरको रोक  


काठमाडौँ–पोखरा महानगरपालिका वडा नम्बर १९ वडा कार्यालयले बाँदर नियन्त्रणका लागि रुख काट्ने अभियान चलाएको छ ।  

वडा कार्यालयले हिजो सूचना जारी गर्दै लामाचौर पुरुन्चौर क्षेत्र बाँदरबाट प्रभावित क्षेत्र भएको भन्दै नियन्त्रणका लागि १० दिनभित्र आफ्नो घर वरपरका रुखहरू कटान गर्न भनेको हो । 

सूचनामा भनिएको छ, ‘प्रदेश सरकारले नीति तथा कार्यक्रममा समेत बाँदर नियन्त्रण सम्बन्धी नीति पास गरेको हुँदा १० दिनभित्र मेरो रुख म काट्छु’ अभियान सञ्चालन गरी आफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरू कटान गरी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पुर्‍याउनको लागि यो सूचना प्रकाशित गरिन्छ ।’ 

तर वडा कार्यालयको रुख काट्ने अभियानमा पोखरा महानगरपालिकाले रोक लगाएको छ ।महानगरबाट कुनै निर्णय नभएको भन्दै रुख काट्ने, फाँड्ने नगर्नु, नगराउन महानगरपालिकाले निर्देशन दिएको हो । 

महानगरपालिका मेयर धनराज आचार्यले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘आफ्नो रुख आफै काटौँ अभियान’ भनेर रुख काट्न आह्वान गरेको भन्ने सूचना प्रकाशित भएको सन्दर्भमा यस सम्बन्धमा स्थानीय सरकार सञ्चालन ऐन बमोजिम महानगरपालिकाबाट कुनै निर्णय नभएको ले सो सम्बन्धी कुनै पनि कार्य ९रुख काट्ने फाँड्ने० नगर्नु नगराउनु हुन सम्बन्धित सबैलाई जानकारी गराइसकिएको छ ।’