अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले देवदहको अध्यक्षमा केशव भट्टराई निर्वाचित

एमाले देवदहको अध्यक्षमा केशव भट्टराई निर्वाचित


काठमाडौं- नेकपा एमाले रुपन्देही देवदह नगर अध्यक्षमा केशव भट्टराई विजयी हुनुभएको छ ।
नेतृत्वमा सहमति नभएपछि तीन जनाबीच चुनाव भएको थियो । २२० मतदाता रहेको निर्वाचनमा भट्टराईले ११८ मत पाएर विजयी हुँदा प्रतिस्पर्धी कृष्ण पौडेलले ५४ र विष्णु अर्यालले ४८ मत पाएका छन् । यस्तै उपाध्यक्षमा कोषबहादुर गुरुङ विजयी हुनुभएको छ ।

गुरुङले १०८ मत पाउँदा सम्झना दुबेले ३५,पीताम्बर खरेलले ३३,मनबहादुर चौधरीले १९ र त्रनबहादुर सुनारले १८ मत पाउनुभयो । सचिवमा गणेश डुम्रेले ९५ मत पाएर निर्वाचित हुनुभयो भने प्रतिस्पर्धी अजय रौनियारले ७३ र जगन्नाथ अधिकारीले ४२ मत पाउनुभयो ।

यस्तै उपसचिवमा चन्द्रकान्त खरेल ८८ मत पाएर निर्वाचित हुँदा घनश्याम भण्डारीले ५९,दाताराम अर्यालले ३४ र खेमबहादुर चौहानले १० मत पाएका स्थानीय एमाले नेता गुमानसिंह कुँवरले जानकारी दिनुभयो ।

पदाधिकारीमा सहमति हुन नसके पनि नगर सदस्य पदमा भने निर्विरोध निर्वाचित भैसकेका छन् । लेखा समितिको अध्यक्षमा प्रेम भण्डारी र उपाध्यक्षमा जसु पुनः निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको छ ।