अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाटन उच्च अदालतका न्यायाधीश मरासिनीको हृदयघातबाट निधन

पाटन उच्च अदालतका न्यायाधीश मरासिनीको हृदयघातबाट निधन


काठमाडौं-पाटन उच्च अदालतका न्यायाधीश मातृका मरासिनीको हृदयघात भएर निधन भएको छ।

मङ्गलवार बिहान ९ बजे घरमा बसिरहेका बेला समस्या आएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो। उपचारका क्रममा बिहान १० बजे निधन भएको पाटन उच्च अदालतका प्रवक्ता तीर्थ भट्टराईले जानकारी दिनुभयो।

५६ वर्षीय उनी सरुवा भएर दुई दिन अघि मात्र पाटन उच्च अदालत हाजिर हुनु भएको थियो।

२०२४ जेठ २८ गते स्याङ्जामा जन्मिएका उहाँ २०५० साउन १ गते न्याय सेवामा प्रवेश गर्नुभएको थियो । उहाँ २०७० जेठ २७ गते जिल्ला न्यायाधीश नियुक्त हुनुभएको थियो।

काठमाडौंको कलंकीमा बस्दै आएका मरासिनी मङ्गलवार बिहान पेशी तय भएपछि कार्यालय आउने तयारी गरिरहेका बेला उहाँको स्वास्थ्यमा अचानक समस्या देखिएको थियो।