अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केपी ओली समकालीन नेपाली राजनीतिका सर्वाधिक प्रतिभाशाली नेता: पूर्वराष्ट्रपति भण्डारी

केपी ओली समकालीन नेपाली राजनीतिका सर्वाधिक प्रतिभाशाली नेता: पूर्वराष्ट्रपति भण्डारी


काठमाडौं-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समकालीन नेपाली राजनीतिक सर्वाधिक प्रतिभाशाली कुशल पहिचान बनाउनुभएका नेता भएकाे बताउनुभएकाे छ।

केपी ओलीका सम्बोधन समेटेर प्रकाशित भएको पुस्तक ‘संसद्‍मा केपी शर्मा ओली’ पुस्तकको मंगलबार काठमाडाैंमा विमोचन गर्दै पूर्व राष्ट्रपति भण्डारीले केपी ओली समकालीन नेतामा सर्वाधिक प्रतिभाशाली भएकाे बताउनुभयाे।

उहाँले भन्नुभयो, ‘यस पुस्तकका नायक केपी शर्मा ओलीज्यू समकालिन राजनीतिक नेताहरुमा पृथक पहिचान बनाउनुभएको नेता हुनुहुन्छ। सर्वाधिक प्रतिभाशाली नेताको रुपमा उच्च स्थान प्राप्त गर्न सफल उहाँ नेकपा एमालेको अध्यक्ष र प्रधानमन्त्री समेत भइसक्नुभएको व्यक्तित्व हुनुहुन्छ। उहाँ राजनीतिक साथै कला, साहित्य, संस्कृति एवं धर्म दर्शन र विज्ञान लगायतका विषमा समेत गहन ज्ञान भएको नेता हुनुहुन्छ। सघन अध्ययन र संघर्षमय जीवनको लामो अनुभवले खारिनुभएका नेता ओली हाम्रा लागि सदैव प्रेरणा र ज्ञानको स्रोत हुनुहुन्छ।’

राजनीतिका साथै कला, साहित्य, संस्कृति एवं धर्म, दर्शन र विज्ञान लगायतका विषयमा समेत गहन ज्ञान भएका नेता भएकाे पूर्व राष्ट्रपति भण्डारीले बतउानुभयाे । सघन अध्ययन र लामाे अनुभवले खारिनुभएका नेता ओली सबैका लागि सदैव प्रेरणा र ज्ञानकाे स्रोत भएको समेत उहाँले बताउनुभयाे ।

संसद्‍मा ओलीले गर्नुभएका भाषण राजनीतिक हिसाबले मात्र नभएर बहुविधागत ज्ञानका द‍ृष्टिकाेणले पनि महत्वपूर्ण रहेका भन्दै उहाँले त्यसकारण पनि यस पुस्तककाे महत्व रहेकाे बताउनुभयाे।

यी अभिलेखहरु इतिहास अध्ययन र भावि पुस्ताका लागि महत्वपूर्ण हुने समेत पूर्व राष्ट्रपति भण्डारीले बताउनुभयाे । पुस्तकले देशकाे परिवर्तनमा नेकपा एमालेले खेलेकाे भूमिकाकाे समेत उजागर गरेकाे उहाँले बताउनुभयाे ।