अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भ्रष्टाचार अन्त्यका लागि सबै शक्ति एकताबद्ध हुनुपर्छ: अध्यक्ष ओली

भ्रष्टाचार अन्त्यका लागि सबै शक्ति एकताबद्ध हुनुपर्छ: अध्यक्ष ओली


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार अन्त्यका लागि सबै राजनीतिक दलहरु एकताबद्ध हुनुपर्ने बताउनु भएको छ।

मंगलवार काठमाडौँमा आयोजित ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफ्ना विगतका अभिव्यक्तिहरु पनि देश विकासका लागि एकताबद्ध प्रयास गर्नुपर्नेमा केन्द्रित रहेको बताउनु भयो। 

मुलुकलाई अघि बढाउन भ्रष्टाचारलाई शून्यमा झार्नुपर्ने भएकाले त्यसका लागि सबै राजनीतिक शक्तिहरु एकताबद्ध र प्रतिबद्ध भएर लाग्नुपर्ने अध्यक्ष ओलीले बताउनु भयो।

अध्यक्ष ओलीले राष्ट्रिय आत्मविश्वास जगाएर मुलुकलाई बनाउन सकिने पनि बताउनु भयो। उहाँले नीतिको नाममा आफूलाई अघि सारेर देशलाई पछि पार्ने काम गर्न नहुने पनि बताउनु भयो।

‘राष्ट्रिय आय बढाउनु पर्छ‚ त्यसका लागि सुशासन, पारदर्शीता। त्यसका लागि भ्रष्टाचार न्यूनता र शून्य। त्यसो नगरे देश कसरी बन्छ? हामी देश विकास गर्न सक्छौं तर प्रतिबद्धता र प्रतिबद्ध प्रयास चाहिन्छ‚’ अध्यक्ष ओलीले भन्नभयो, ‘मलाई लाग्छ– यस कुरामा देश एकजुट भएर अघि बढ्नुपर्छ। राष्ट्रिय एकता, राष्ट्रिय संकल्प, राष्ट्रिय प्रतिबद्धता, राष्ट्रिय आत्मविश्वासका साथ अगाडि बढ्न जरुरी छ।’

अध्यक्ष ओलीले देशको विकासको कामलाई अघि बढाउन राष्ट्रिय संकल्पका साथ अघि बढ्नुपर्ने बताउनु भयो।