अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजको मौसम : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना, तराईमा हुस्सु

आजको मौसम : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना, तराईमा हुस्सु


काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । 

जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । साथै देशका तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू-भागका एक–दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

आज राति गण्डकी, लुम्बिनी,  कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरू,  लुम्बिनी र  गण्डकी  प्रदेशका थोरै स्थानहरू र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।