काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार सामान्य मूल्य मान्यतामा पनि चल्न नसकेको बताउनु भएको छ।
बैङ्क, बीमा तथा वित्तीय संस्था कर्मचारी संघ नेपालको सातौँ राष्ट्रिय महाधिवेशनलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान गठबन्धन सरकार अलोकतान्त्रिक र भ्रष्ट सरकार भएको बताउनु भएको हो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘यो सरकार काम नलाग्ने, अलोकतान्त्रिक र भ्रष्ट सरकार हो। कानुन अनुसार चल्ने, कानुनी मूल्य मान्यता अनुसार चल्ने सरकार होइन, गैरकानुनी बेथितिसँग चल्ने सरकार हो । गठबन्धन सरकारले देशमा बेथिति निम्त्याएको छ।’
अध्यक्ष ओलीले वित्तीय संस्थाले निर्मम साहुले जस्तो व्यवहार गर्न नहुने बताउनुभयो । बैङ्क तथा वित्तीय संस्थाहरूको पनि सामाजिक उत्तरदायित्व हुने ओलीले प्रष्ट पार्नुभयो।
गठबन्धनको कारण देश बरबाद भएको ओलीको आरोप छ। अहिलेको सरकारका कारण देशको राजनीति, अर्थतन्त्र, सामाजिक, सांस्कृतिक अवस्था सबै खराब भएको ओलीले टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया