अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले संसदीय दलको बैठक बस्दै

एमाले संसदीय दलको बैठक बस्दै

अध्यक्ष ओलीले सांसदहरूलाई प्रशिक्षण दिने


काठमाडौँ-नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टी संसदीय दलको बैठक बोलाउनु भएको छ। शनिवार र आइतबार दुई दिनका लागि दलको बैठक बोलाइएको एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिनुभयो ।

प्रमुख सचेतक गिरीले भन्नुभयो, ‘शनिवार १२ बजेबाट संसद् भवनमा दलको बैठक बोलाइएको छ। बैठक आइतबार पनि बस्नेछ। बैठकमा अध्यक्ष ओलीले पछिल्लो राजनीतिक अवस्थाका साथै एमाले सांसदहरूले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिनुहुनेछ।’

संसद्को हिउँदे अधिवेशन यही माघ २२ गतेबाट बस्दैछ। यो अधिवेशनमा सङ्घीयता कार्यान्वयन, शान्ति प्रक्रिया लगायत महत्त्वपूर्ण कानुनहरू बनाउने विधेयक अघि बढाउने सरकारको तयारी छ।