काठमाडौँ-सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्दै हुनुहुन्छ।
सभामुख घिमिरेले आसन्न संसदको हिउँदे अधिवेशन तयारीका सम्बन्धमा शुक्रबार अपरान्ह ४ बजे सिंहदरवारस्थित कार्यकक्षमा प्रमुख सचेतक र सतेकहरुसँग छलफलका लागि बोलाएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ।
सभामुख घिमिरेले सदनलाई व्यवस्थित र प्रभावकारी बनाउन क्यालेन्डरअनुसार चलाउने तयारी गरेका छन् ।
सरकारले संसद अधिवेशन आह्वान गरेपछि समितिमा रहेका विधेयकहरुको विषयमा पनि सभामुखले चासो राख्दै आउनु भएको छ। संसदको हिउँदे अधिवशन माघ २२ गतेबाट सुरु हुँदैछ ।
प्रतिक्रिया