काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैङ्क र वित्तीय संस्थाहरू नागरिकका सहयोगी हुनुपर्ने बताउनुभएको छ।
बैङ्क, बिमा तथा वित्तीय संस्था कर्मचारी संघ नेपालको सातौँ राष्ट्रिय महाधिवेशनलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले वित्तीय संस्थाले निर्मम साहुले जस्तो व्यवहार गर्न नहुने बताउनुभयो।
अध्यक्ष ओलीले बैंकहरूले एकलौटीरूपमा व्याज बढाएकोप्रति आपत्ति जनाउनु भयो। ब्याज घटाउँदा वा बढाउँदा दुई पक्षीय सहमतिमा गर्नु पर्नेमा बैङ्कहरूले एकलौटी ब्याज बढाउने गरेका भन्दै ओलीले आलोचना गर्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘बैंकबाट ऋण लिँदा घटाउन वा बढाउन सकिने भनिएको छ। घटाउने त कुरै छैन। एकतर्फी रूपमा बैंकहरूले ऋणीसँग भएको सम्झौतामा बदल्नुपर्छ भने दुवैतर्फको सहमति हुनुपर्छ। हामीलाई मर्का पर्यो अनि बढायौं भन्ने, अनि अर्कालाई परेको मर्का के त ? यसवर्ष बैंकको यति खर्ब मुनाफा क्या बात भन्दै आफैंलाई धाप लायो। अनि ऋणीहरू ?’
बैङ्कहरूले आफूहरूलाई मर्का परेको भन्दै ऋणीको सहमति बेगर एकलौटी रूपमा ऋणको ब्याज बढाउनु गलत भएको ओलीको धारणा छ। ‘बैङ्कले हामीलाई मर्का पर्यो अनि बढायौँ भन्ने, अनि अर्कालाई परेको मर्का के त ?’, ओलीले प्रश्न गर्नुभयो ।
मर्का पर्यो भनेर ऋणीको ढाड भाँच्ने गरी ब्याज लिने बैङ्कहरूले बर्सेनि मुनाफा कमाउने गरेका ओलीले बताउनुभयो । बैंँकहरुले हरेक वर्ष खरबौँ नाफा कमाउने तर ऋणी भने महँगो ब्याजमा पर्नु सामाजिक न्यायको सिद्धान्त विपरीत भएको ओलीको भनाइ छ।




प्रतिक्रिया