अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सरकारले सहकारी ठगलाई कारबाही गर्नै सकेन: महेश बस्नेत

सरकारले सहकारी ठगलाई कारबाही गर्नै सकेन: महेश बस्नेत


काठमाडौँ-नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान सरकारले हाई प्रोफाइल सहकारी ठगलाई छानबिनको दायरामा समेत ल्याउन नसकेको बताउनु भएको छ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले साे कुरा बताउनु भएको हो।

उहाँले भन्नुभयो, ‘हाई प्रोफाइलका सहकारी ठगहरू अनेक नौटङ्की र बहानाबाजी गरेर हिँडिरहेका छन्। हाई प्रोफाइलका सहकारी ठगहरूलाई सरकारले कारबाही गर्ने त परै जाओस्, छानबिनको दायरामा पनि ल्याउन सकेको छैन।’