अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विधेयकमाथि आवश्यक छलफल गरेर पारित गर्नुपर्छ: सभामुख घिमिरे

विधेयकमाथि आवश्यक छलफल गरेर पारित गर्नुपर्छ: सभामुख घिमिरे


काठमाडौं-प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कार्यान्वयनको सुनिश्चिततासहित संसदबाट विधेयक पारित गर्नुपर्ने बताउनु भएको छ।

आइतबार संघीय संसद् भवनको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो।

सभामुख घिमिरेले सोमबारबाट सुरु हुने हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा संसद् भवनको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले राज्यलाई आवश्यक परेका विधेयकमाथि आवश्यक छलफल गरेर विधेयकहरु पारित गर्नुपर्ने बताउनु भयो।

उहाँले पारित गर्नु मात्रै ठूलो कुरा नहुने भन्दै पारित गरिएका विधेयकहरु कार्यान्वयन गर्ने गरी अघि बढ्नुपर्ने बताउनु भयो।

उहाँले संसदको सौन्दर्यता भनेकै आवश्यक विधेयक पारितपछि कार्यान्वयन गर्नु रहेको बताउनु भयो। उहाँले संसद क्यालेण्डरअनुसार चलाउनुपर्नेमा जोड दिइरहेको बताउनु भयो ।

उहाँले प्रिबजेट छलफलका लागि कानुनी प्रबन्ध अध्यादेशमाफर्त आएको र सरकारले आवश्यक ध्यान दिइरहेको पनि बताउनु भयो।

उहाँले भन्नुभयो, ‘राज्यलाई आवश्यक परेका विधेयकमाथि आवश्यक छलफल गरेर विधेयकहरु पारित गर्ने। पारित यसमानेमा की कार्यान्वयन गर्नेगरी विधेयकहरु धेरै भन्दा धेरै पारित गर्नुपर्ने जरुरी छ। संसदको त्यही सौन्दर्यताकासाथ जाने हो। यसपालि क्यालेण्डरको आधारमा जाने अठोट सबैले गरौँ भनेर प्रयत्न गरिरहेका छौँ। सरकारले बिजनेसको कमी हुँदैन भनेको छ। १८ वटा मन्त्रालयबाट छ भनेको छ। दुईवटा संसद सचिवालयमा दर्ता भएको छ।’