अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तराईका धेरै स्थानमा हुस्सु, जनजीवनमा आंशिक प्रभाव पर्ने

तराईका धेरै स्थानमा हुस्सु, जनजीवनमा आंशिक प्रभाव पर्ने


काठमाडौँ– देशका तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । 

बिहानको समयमा तराईका केही स्थानहरूमा लागेको हुस्सु/कुहिरो मध्यान्न सम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

यसको प्रभावले बिहानपखको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने विभागले बताएको छ । 

विभागले चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन आग्रह गरेको छ ।