अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेताहरूले प्रहरी आफ्नै अधिनमा हुनुपर्छ भन्नु गलत: अध्यक्ष ओली

नेताहरूले प्रहरी आफ्नै अधिनमा हुनुपर्छ भन्नु गलत: अध्यक्ष ओली


जनकपुरधाम-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरी समायोजनको विषयमा असहमति जनाउनु भएको छ।

जनकपुरधाम विमास्थलमा पत्रकारहरुसँगको कुराकानीमा प्रहरी समायोजनको विषयमा सो कुरा बताउनु भएको हो।

सातै प्रदेशले दबाब दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै प्रहरी समायोजन गर्ने तयारी गरिरहेका बेला एमाले अध्यक्ष ओली आपत्ति जनाउनु भएको हो।

अध्यक्ष ओलीले केन्द्रले ऐन नबनाउँदा प्रदेशमा प्रहरी समायोजन हुन नसकेको भनेर मुख्यमन्त्रीहरुले ज्ञापनपत्र बुझाएको सन्दर्भमा सञ्चारकर्मीले राखेको जिज्ञासामा प्रदेशले ऐनका कारण कामै गर्न नसकेको भन्दा पनि आफ्नो मान्छे भर्ती गर्नलाई प्रदेश नेतृत्वले हतारो देखाएको टिप्पणी गर्नुभयाे।

उहाँले राजनीति गर्नेले प्रहरी चलाउँदा धेरै बिग्रिएको भन्दै प्रहरीलाई नेता र मन्त्रीको अधिनमा भन्दा पनि स्वतन्त्र रुपले आफ्नै ढंगले चल्न दिनुपर्नेमा बताउनुभयाे । उहाँले भन्नुभयो, ‘नेताहरुले प्रहरी आफ्नै अधिनमा हुनुपर्छ भन्नु गलत हो।’

‘समायोजन गर्नुपर्छ तर पुलिस नभएर रोकियो भन्ने होइन। आफ्ना मान्छे पुलिसमा भर्ना गर्न पाइएन भनेर हुनसक्छ। पुलिस नै नभएको त होइन नी’ उहाँले भन्नुभयाे, ‘पुलिसलाई आफ्नै ढंगले चलाउने परिपाटी बन्न दिनुपर्छ।’

उहाँले पूर्वराजा ज्ञानेन्द्रको सक्रियताभन्दा पनि नयाँ पार्टी खोल्ने तयारी थालेको बताउनु भयो। उहाँले शान्ति सम्झौतासँग जोडिएका ऐनहरुमा आपराधिक घटनाका दोषीहरुलाई उन्मुक्ति दिने कुनै पनि बुँदा पास हुन नदिने पनि बताउनु भयो।