अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले उपयुक्त ढंगबाट विधेयक नदिने खतरा: महेश बर्तौला

सरकारले उपयुक्त ढंगबाट विधेयक नदिने खतरा: महेश बर्तौला


काठमाडौं-नेकपा एमालेका सचेतक तथा सांसद महेश बर्तौलाले सुरु भएको हिउँदे अधिवेशनमा सरकारले उपयुक्त ढंगबाट विधेयक नदिने खतरा रहेको टिप्पणी गर्नुभएकाे छ।

सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद बर्तौलाले सरकारका मन्त्रीहरु मन्त्रालयका काम र जनताका समस्या समाधानतर्फ भन्दा विदेश भ्रमणमा बढी सक्रिय भएकाे बताउनुभयाे।

उहाँले भन्नुभयाे, ‘आजदेखि संसदको हिउँदे अधिवेशन सुरु भएको छ। तर, वर्तमान सरकार उपयुक्त ढंगबाट विधेयक नदिने खतराहरु रहेका छन्। आज मात्रै हामीले सुन्यौ मन्त्रीहरु मन्त्रालयका काम र जनताका समस्या समाधानतर्फ भन्दा विदेश भ्रमणमा तल्लीन देखिन्छन्।’

सांसद बर्तौलाले सरकार र मन्त्रीको हिजोको व्यवहार देख्दा संसद छल्न र अनदेखा गर्न सक्ने छाँटकाँट देखिएको भन्दै प्रमुख प्रतिपक्षीको भूमिकामा एमालेले निगरानी गरिरहने बताउनुभयाे।