अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीद्वारा झापा इनर्जी लिमिटेडको सौर्य ऊर्जा परियोजना उद्घाटन

एमाले अध्यक्ष ओलीद्वारा झापा इनर्जी लिमिटेडको सौर्य ऊर्जा परियोजना उद्घाटन


झापा-नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापाकाे शिवसताक्षी नगरपालिका-४ मा निर्मित सौर्य ऊर्जा विद्युत परियोजनाको उद्घाटन गर्नुभएकाे छ।

झापा इनर्जी लिमिलेडले निर्माण गरेकाे १० मेगावाट क्षमताकाे ग्रीडमा जडित साैर्य विद्युत परियाेजनाकाे अध्यक्ष ओलीले मंगलबार उद्घाटन गर्नुभएकाे हाे। झापा इनर्जीले निर्माण गरेको साे परियाेजना सौर्य परियोजनाहरूमध्येकै ठूलो हाे।

साे सौर्य ऊर्जा परियोजनाबाट उत्पादित उर्जा राष्ट्रिय ग्रिडमा जडान भइसकेको छ। त्यसबाट उत्पादित १० मेगावाट बिजुली नेपाल विद्युत प्राधिकरणको बोलोचोक सबस्टेसनमा जोडिएको हाे।

नेकपा एमालेको तर्फबाट झापा निर्वाचन क्षेत्र-४ बाट निर्वाचित साँसद एलपी साँवाले अगुवाइ गरेको यो परियोजनाको कुल लागत ८५ करोड रुपैंया रहेको छ। निर्माण सुरु भएको दुई वर्षमा नै सम्पन्न भएको यो परियोजनाले नेपालको विद्युतको मागलाई पुरा गर्न सहयोगी हुने साँवाले बताउनु भयो। साँवाका अनुसार परियोजनाका लागि २१ बिगाहा १३ कठ्ठा जग्गा खरिद गरेर निर्माण सुरु गरिएको हो।

झापा इनर्जीको समुद्घाटन कार्यक्रममा १० हजार सर्वसाधारणको कार्यक्रममा सहभागिता थियो।