अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज देशका केही भागमा हिमपात,केही भागमा बदली

आज देशका केही भागमा हिमपात,केही भागमा बदली


काठमाडौं -आज देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात हुनेछ ।

पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान लुम्बिनी, सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो लुम्बिनी, सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आज राति गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायु कमजोर हुँदा वर्षाको सम्भावना नरहेको विभागले जनाएको छ । पश्चिमी वायु कमजोर हुँदा वर्षा हुने सम्भावना पनि कमजोर हुन्छ ।