अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुरमा अचेत अवस्थामा फेला परेका दुई  बालबालिकाको मृत्यु

ललितपुरमा अचेत अवस्थामा फेला परेका दुई  बालबालिकाको मृत्यु


काठमाडौँ– ललितपुरको एक घरमा अचेत अवस्थामा फेला परेका दुई बालबालिकाको मृत्यु भएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलको एक घरमा अचेत अवस्थामा फेला परेका छ वर्षीय बालक र दुई वर्षीया बालिकाको शनिबार साँझ मृत्यु भएको हो । 

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार घरको चौथो तलाबाट हामफालेकी ती बच्चाकी आमा गम्भीर घाइते भई हाल किष्ट अस्पतालमा उपचार भइरहेको छ । 

आमा हामफालेपछि घरमा हेर्दा बच्चा अचेत देखिएपछि उपचारका लागि अस्पताल लगिएकामा बच्चाको ज्यान गएको र आमा गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार घटनाको कारण नखुलेको र अनुसन्धान जारी रहेको छ ।