अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महासचिव पोखरेल सवार गाडी दुर्घटना

एमाले महासचिव पोखरेल सवार गाडी दुर्घटना


काठमाडौं-नेकपा (एमाले) का महासचिव शंकर पोखरेल सवार गाडी दुर्घटना भएको छ।

दैलेखको पार्टी कार्यक्रमका लागि जाने क्रममा महासचिव सवार गाडी सडकमै पल्टिएको हो। घटना भने हिजो शनिबारको हो। दैलेखको डुङ्गेश्वर गाउँपालिकाको चुप्रा बजार नजिकै जंगलमा म १ च ३६९ नम्बरको स्कोरपियो पल्टिएको हो।

उपमहासचिव विष्णु रिमालका अनुसार गाडी शनिवार दुर्घटना भएको थियो। नेता रिमालले आइतबार एउटा अकल्पनीय क्षति हुनबाट जोगिएको भयानक दुर्घटना भन्दै दुर्घटनाको तस्बिर सार्वजनिक गर्नुभएको हो।

दुर्घटनामा एमाले कर्णाली प्रदेशकी उपसचिव पद्मा खड्काको हातमा भने चोट लागेको छ। उहाँको हातमा प्लास्टर गरिएको छ।