अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनसरीमा एक करोड ८२ लाख नक्कली नोट बरामद

सुनसरीमा एक करोड ८२ लाख नक्कली नोट बरामद


काठमाडौँ– सुनसरीमा एक करोड ८२ लाख ५१ हजार रुपैयाँ नेपाली नक्कली नोट बरामद गरिएको छ । सुनसरी प्रहरीले एक हजार रुपैयाँ दरका नक्कली नोट बरामद गरेको हो ।

इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिक गाडी खानतलासी गर्दा नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।

नक्कली नोटसहित भारतको बीआर११एक्स ३४२९ नम्बरप्लेटको स्कोरपियो र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

पक्राउ पर्नेमा भारतको बिहारका २२ वर्षीय मोहमद सैयद छन् ।