अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सरकारले विधेयक नल्याउँदा कानुन बन्न सकेनन्: अध्यक्ष तिमिल्सिना

सरकारले विधेयक नल्याउँदा कानुन बन्न सकेनन्: अध्यक्ष तिमिल्सिना


चितवन-राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद्ले आवश्यकतानुसार कानुन बनाउन नसकेको बताउनु भएको छ।

सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले धेरै कानुन अझै बन्न बाँकी रहेको बताउनुभयो। अध्यक्ष तिमिल्सिनाले आफ्नो कार्यकालमा राष्ट्रियसभामा कुनै पनि कानुन नबनेको र ढिलो गरिएको भन्ने कुरा सत्य नभएको दावी गर्नुभयो। उहाँले भन्नुभयो, ‘सरकारले विधेयक ल्याउनै सकेन।’

राष्ट्रियसभामा आएका विधेयक कुनै पनि बाँकी नरहेको अध्यक्ष तिमिल्सिनाको भनाइ थियो। उहाँले भन्नुभयो, ‘राष्ट्रियसभामा आएका विधेयक सम्पूर्ण ढङ्गले समयमै पास गरेर पठाएका छौँ।’ सरकारले कानुन बनाउने कुरा प्रथामिकतामा राखेर काम गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ थियो।

संसद्‌मा आएका विधेयक समयमै पास गरेर पठाउने गरेको हुँदा आफ्नो कार्यकाल सफल भएको उहाँले बताउनु भयो।