काठमाडौं – देशका केही भू–भागमा आज वर्षा हुने भएको छ । कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहको छ ।
विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको छ ।
काठमाडौं उपत्यकामा भने आज बदलीको हुनेछ । काठमाडौंमा वर्षा भए पनि छिटपुट मात्रै हुनेछ । अपराह्नपछि छिटपुट वर्षा हुने सम्भावना रहेको छ ।
विभागले राति कोसी र मधेस प्रदेशलगायत वाग्मती प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले स्पष्ट पारेको छ ।
प्रतिक्रिया