काठमाडौँ-सरकारले आगामी वर्ष २०८१ को सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ। गृह मन्त्रालयले २०८१ सालको सार्वजनिक र पर्व बिदाहरूको सूची सार्वजनिक गरेको हो।
राजपत्रमा प्रकाशित उक्त बिदाको सुचीअनुसार २७ दिन पर्व बिदा परेको छ। ६ वटा दिवस बिदा र २ वटा जन्म जयन्ती बिदा छन् । त्यसबाहेक उपत्यका र सम्बन्धित धर्मावलम्बीहरूका बिदाको सूची छुट्टै रहेको छ।
सार्वजनिक बिदाको दिन बाहेक वर्षभरिमा ५३ दिन भने शनिवार बिदा हुनेछ । देशभरका लागि लागू हुने सार्वजनिक बिदा र शनिवार जोड्दा सबै नागरिकका लागि आगामी वर्ष २०८० मा ८३ दिन सार्वजनिक बिदा हुने भएको छ ।
बिदाको सूची




प्रतिक्रिया