अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कञ्चनपुरबाट काठमाडौं आँउदै गरेको बस कपिलवस्तुमा दुर्घटना १० जनाको मृत्यु,३० भन्दा बढी घाइते

कञ्चनपुरबाट काठमाडौं आँउदै गरेको बस कपिलवस्तुमा दुर्घटना १० जनाको मृत्यु,३० भन्दा बढी घाइते


काठमाडौं -कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ।

बुधबार राति १ बजे महेन्द्रनगरबाट काठमाडौ जाँदै गरेको सुनौलो महाकाली यातायातको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
सुनौलो महाकाली यातायातले संचालन गरेको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको छ।

दुर्घटनाबाट ३० जना घाइते भएको त्यसमध्ये ९ जनाको बुटवल रिफर गरिएको छ। अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार मृतकमध्ये तीन महिला र चार पुरुष छन्। उनीहरूको सनाखत हुन सकेको छैन। घाइते सबैको उद्धार गरी अस्पताल पठाइसकिएको छ।
दुर्घटना दाङ र कपिलवस्तुको सीमा क्षेत्र भएको हो।