काठमाडौं -आज दिउँसो पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुनेछ। बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनका अनुसार आज राति देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने छ।
आगामी तीन दिनको मौसमी जानकारी यस्तो छ
२०८० फाल्गुन ०६ गते
दिउँसो देशको पहाडी भू(भागमा आंशिक देखि मुख्यतया बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको संभावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भू(भागका एक( दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
२०८० फाल्गुन ०७ गते
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक देखि मुख्यतया बदली रही बाँकी भू भागमा मौसम आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू(भागमा थोरै स्थानमा हल्का वर्षाको संभावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भू(भागका एक( दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति ः सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक देखि मुख्यतया बदली रही बाँकी भू(भागमा मौसम आंशिक बदली रहने छ। सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भू(भागमा थोरै स्थानमा हल्का वर्षाको संभावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भू(भागका एक( दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध छ।




प्रतिक्रिया