अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कृषि र शिक्षामा जोड दिन एमाले अध्यक्ष ओलीको आग्रह

कृषि र शिक्षामा जोड दिन एमाले अध्यक्ष ओलीको आग्रह


कैलाली-नेकपा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि र शिक्षामा जोड दिन आग्रह गर्नुभएको छ। कैलालीको बर्दगोरियाको प्रशासनिक भवन उद्घाटन गर्दै पूर्वाधार मात्र नभई कृषि र शिक्षामा पनि जोड दिन आग्रह गर्नुभएको हो।

अध्यक्ष ओलीले नमूना काम गर्न कर्मचारी तथा जनप्रतिनिधिलाई सुझाव दिनुभो। उहाँले भन्नुभयो,‘प्रशासनिक सेवा न्यायिक सेवाको काम गर्नुपर्छ। पालिकामा विकासको नेता हुनुपर्छ कुराको नेता भएर काम चल्दैन।’

उहाँले विकासको लागि उत्पादन गर्न र उत्पादनलाई प्रविधिमा जोड्न सुझाव दिनुभयो।

‘मत्स्यपालकको धेरै ठूलो सम्भावना छ कृषिको सम्भावना छ। छेउबाट कर्णाली बगेको छ। यहाँ सिचाइको कुनै समस्या हुनुपर्ने कुरा छैन’ ओलीले भन्नभयो।

नयाँपन र नयाँ प्रबिधिबाट कृषि उत्पादन बढाउन सकिनेमा अध्यक्ष ओलीको जोड थियो ।