अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँ महानगरले भन्यो– सात दिनभित्र ललिता निवास क्षेत्र खाली गर्नू

काठमाडौँ महानगरले भन्यो– सात दिनभित्र ललिता निवास क्षेत्र खाली गर्नू


काठमाडौँ– काठमाडौँ महानगरपालिकाले ललितानिवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई हट्न आग्रह गरेको छ । महानगरले एक सूचना जारी गर्दै सात दिनभित्र ललितानिवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई उक्त क्षेत्रबाट हट्न आग्रह गरेको हो ।  

विशेष अदालतको फैसलासँगै उक्त जग्गा सरकारी भएको भन्दै सरकारी सम्पत्तिको संरक्षण तथा उचित प्रबन्ध गर्ने कार्य  महानगरपालिकाको भएको उल्लेख गरेको छ ।

महानगरले भनेको छ, “यस सूचनाले तोकेको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानुन बमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने ब्यहोरा समेत यसै सूचनामार्फत सम्बद्ध सरोकारवालालाई सूचित गरिन्छ ।”