अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विराटनगर जुट मिल्समा आगलागी, २० लाख बराबरको क्षति  

विराटनगर जुट मिल्समा आगलागी, २० लाख बराबरको क्षति  


काठमाडौँ– बन्द अवस्थामा रहेको विराटनगर जुट मिल्समा आगलागी भएको छ । विराटनगर महानगरपालिका–१६ मा रहेको नेपालको सो उद्योगमा हिजो राति आगलागी भएको हो ।

आगलागीबाट २० लाख बराबरको क्षति भएको मोरङ प्रहरीले जनाएको छ । तर उद्योगमा आगलागी कसरी भयो भन्ने खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   

विक्रम संवत् १९९३ सालमा स्थापना भएको विराटनगर जुट मिल नेपालको पहिलो उद्योग हो । विराटनगर जुट मिल्स २०७८ साल माघदेखि बन्द छ ।