काठमाडौँ– काठमाडौँका केही स्थानमा आज विद्युत् सेवा अवरुद्ध हुने भएको छ । काठमाडौँको गोंगबु क्षेत्रमा आज विद्युत् सेवा अवरुद्ध हुने भएको हो ।
गोंगबु र सामाखुसी फिडरबाट विद्युत् सेवा वितरण भएका क्षेत्रमा बिजुली उपलब्ध नहुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार गोंगबु, सामाखुसी र टाउनप्लानिङ क्षेत्रमा आज बिजुली जानेछ । बिहान १० देखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य भइरहेकाले हिजोदेखि यही फागुन २२ गतेसम्म काठमाडौँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।





प्रतिक्रिया