काठमाडौं-नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रवासी नेपाली मञ्चका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्बोधन गर्ने भएका छन्।
प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको आज शपथ ग्रहण कार्यक्रम तय गरिएको छ। सोही अवसरमा अध्यक्ष ओलीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको हो।
एमाले केन्द्रीय कार्यालयका अनुसार आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा हुने कार्यक्रममा अध्यक्ष ओलीले नवनिर्वाचित नेतृत्वलाई सम्बोधन गर्नेछन्।
प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन हिजो सम्पन्न भएको थियो। अधिवेशनले अध्यक्षमा प्रभु थापा (अमेरिका) सहित नयाँ नेतृत्व चयन गरेको छ।



प्रतिक्रिया