अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सशस्त्र प्रहरी र स्थानीयवासी बीच पूर्वी नाकामा तनाव,शसस्त्रको आक्रमणबाट सात जना घाइते

सशस्त्र प्रहरी र स्थानीयवासी बीच पूर्वी नाकामा तनाव,शसस्त्रको आक्रमणबाट सात जना घाइते


झापा – झापाको मेचीनगरमा सशस्त्र प्रहरी र सामान ओेसारपसार गर्ने स्थानीयबीच शुक्रबार साँझ झडप हुँदा छ जना स्थानीयवासी घाइते भएका छन् । उनीहरुलाई शस्सत्र प्रहरीले खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । घाइतेहरूको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको जनाएको छ।
नेपाल भारत सीमा पिलर नजिकै रहेको मेचीनगर नगरपालिका ७ स्थित गैरीगाउँमा स्थानीयले भारतीय बजारबाट ल्याएको सामान बरामद गर्ने क्रममा पक्षबीच झडप भएको थियो। सोही क्रममा घटनास्थल पुगेका प्रस्तावित सिमा सुरक्षा गुल्म, काँकडभिट्टाका कोट मास्टर र चालकले खुकुरी निकालेर एक्कासी प्रहार गरेको स्थानीयले आरोप लगाएका छन्। खुकुरी प्रहारबाट दीपा बातरको हातको औंला काटिएको छ। हरि बातरको छातीमा गहिरो चोट लागेको छ।

विषेश राजबंशी र मिलन चापागाईंको हात काटिएको छ। दीपक बातर र आनह यादवको शरिरमा चोट लागेको छ। भारतबाट सामान ल्याउनेलाई सशस्त्र प्रहरीले रोक्न खोज्दा झडप भएको र त्यसक्रममा स्थानीय र सशस्त्र प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले बताउनुभयो।
घटनाबारे अनुसन्धान भइरहेको उहाँको भनाइ छ । पाँच जना स्थानीय र एकजना सशस्त्र घाइते भएको जानकारीमा आएको शसस्त्र प्रहरी काकडभिट्टाका डिएसपी दिपक भारतीले बताउनुभयो ।