अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसले निजी क्षेत्रलाई सिध्याइदियो: अध्यक्ष ओली

कांग्रेसले निजी क्षेत्रलाई सिध्याइदियो: अध्यक्ष ओली


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले निजीकरणका नाममा नेपालका उद्योग र उद्यमी दुवै सकाएको आरोप लगाउनु भएको छ।

आइतबार संसद् भवनमा पार्टीका सांसदहरुलाई प्रशिक्षण दिँदै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो।

अध्यक्ष ओलीले नेपालमा भएका केही उद्योगहरूलाई पनि निजीकरण भनेर निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने जमानामै सकिदिएको आरोप लगाउनु भयो।  उहाँले कांग्रेसले नेपालमा भएका उद्योगहरुलाई भ्रष्ट र कमिसनखोरी बनाइदिएको पनि बताउनुभयो।

बाँसबारी छाला जुत्ता कारखाना र हेटौंडा कागज कारखाना चलाउनका लागि नकिनिएको अध्यक्ष ओलीको दाबी छ।

उहाँले भन्नुभयो, ‘हामीले औद्योगिकीकरण गर्नुपर्नेछ। दुनियाँमा औद्यागिक क्रान्ति उहिल्यै चल्यो। हामी कहाँ दुई चार वटा उद्योग आएको पनि निजीकरण भनेर निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने एउटा कुरा थियो। निजी करण भनेर कांग्रेसले उहिल्यै सिध्यायो। निजी क्षेत्रलाई पनि सिध्याइदियो। हाम्रा जो उद्योगहरु थिए ति भ्रष्ट बनाइदियो। निजी क्षेत्रलाई समेत। कमिसनतन्त्रले। जसले गर्दा उनीहरुले पनि चलाउनेका लागि किनेनन्। बाँसबारी छाला जुत्ता चलाउनका लागि किनेनन्। हेटौँडा कागज कारखाना चलाउनका लागि किनेनन्। अर्कै त्यसको जमिनको प्रयोजन, आदि इत्यादिका लागि किने र त्यहाँ कमिसनको एउटा फोहोरी काम भयो। अहिले हामी निजी क्षेत्रलाई वास्तवमा विकासको इन्जिन बनाउन चाहन्छौं। आर्थिक उन्नतिको इन्जिन बनाउन चाहन्छौं। इन्जिन बनाउने कसरी? निजी क्षेत्रलाई भ्रष्ट बनाएर कमिसनतन्त्रको एउटा माध्यम बनाएर र उसलाई अलिकति कमाउन दिएर त्यसबाट हुने वाला होइन।’